Wed. Sep 30th, 2020

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा निकाल्दै फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुलले समग्रमा ४–३ गोलको नतिजा निकाल्दै फाइनमा स्थान बनाएको हो ।

लिभरपुलले अव बुधबार हुने टोटेनहम र आयाक्सबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे । घरेलु टोली लिभरपुलले खेलको  ७ औँ मिनेटमा ओरिगीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो 

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । खेकलो ५६ औँ मिनेटमा वाइनाल्डमले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको ७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल गर्दै लिभरपुलाई सहज जित दिलाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *