Wed. Sep 30th, 2020

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

लुकासको ह्याट्रिक

इंग्ल्याण्डको क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।


पहिलो लेगमा भने ०-१ ले पराजित भएको थियो । उसले सेमिफाइनलको दोस्रो लेगमा आयाक्सलाई ३-२ ले हराएको थियो । समग्रमा स्कोर ३-३ भए पनि अवे गोलको आधारमा टोटनह्याम फाइनलमा पुगेको हो ।

युरोपको सबैभन्दा ठूलो टुर्नामेन्टको फाइलनमा तेस्रो पटक इंग्ल्याण्डकै दुई क्लब लिभरपुल र टोटनह्याम आमने-सामने हुनेछन् । यसअघि सन् २००८ मा च्याम्पियन्स लिगको उपाधि भिडन्तमा म्यानचेष्टर युनाइटेड र चेल्सी आमने-सामने भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *