देशैभर हावाहुरीसहित वर्षाको पनि सम्भावना

देशैभर हावाहुरीसहित वर्षाको पनि सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशभरी आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भोलि बुधबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य एवं पूर्वका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना पूर्वानुमान महाशाखाको आँकलन गरेको छ । त्यस्तै, उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।
भोलि राति देशभरी आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना समेत पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।