Tue. Jul 7th, 2020

नेपाली नेतालाई चुनाव जितेपछि मोदीले फर्काए जवाफ

नेपाली नेतालाई चुनाव जितेपछि मोदीले फर्काए जवाफ

काठमाडौं । भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई जवाफ फर्काएका छन् । 

उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्लेख गरेका छन् । उनले  जनस्तरमा पनि प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै  दुई देशको सम्बन्ध अझ उचाईमा पुर्याउनका लागि ओली सँग काम गर्न आफू प्रतिक्षा गरिरहेको समेत जनाएका छन् ।

त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको बधाईको जवाफमा मोदीले धन्यवाद दिँदै नेपाल र भारतबीचको विशेष सम्बन्धको चर्चा गरेका छन् । उनले  दुई देशबीच रहेको  परम्परागत निकट र मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन आफूहरु प्रतिबद्ध रहेको समेत जनाएका  छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ट्विट मार्फत दिएको बधाईमा धन्यवाद दिँदै मोदीले भारत दुई पक्षीय सम्बन्ध सुदृढ गर्नका लागि नेपाल सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।  त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा जवाफ फर्काउँदै मोदीले आफूहरु नेपालसँगको साझेदारीलाई अझ बलियो बनाउने कुरामा गहिरो हिसाबले प्रतिबद्ध रहेको जनाएका छन् ।

त्यस्तै, राप्रपाका अध्यक्ष कमल थापालाई जवाफ दिँदै मोदीले भारतले नेपालसँगको निकटको, ऐतिहासिक र बहुपक्षीय साझेदारीलाई महत्व दिएको जनाएका छन् ।  त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको बधाईको जवाफ फर्काउँदै मोदीले भारतले नेपाल सँग सम्बन्धलाई महत्व दिएको बताउँदै नेपालको  उच्च राजनीतिक तहमा निरन्तर सम्बन्धको लागि आफू प्रतिक्षारत रहेको समेत जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *