Wed. Sep 30th, 2020

नेयमारले कोपा अमेरिका नखेल्ने

नेयमारले कोपा अमेरिका नखेल्ने

एजेन्सी । कोपा अमेरिका सुरु हुन केही समय बाँकी रहँदा ब्राजिललाई ठूलो झड्का लागेको छ । ब्राजिली स्टार खेलाडी नेयमारले कोपा अमेरिका नखेल्ने भएका छन् ।

ब्राजिल फुटबलको सर्वाेच्च निकाय ब्राजिली फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका नखेल्ने पक्का भएको बताएको अंग्रेजी पत्रिका मिररले लेखेको छ । नेयमार बिहिबार बिहान कतारविरुद्वको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए ।

२१ औँ मिनेटमा घाइते भएका नेयमार खेल्न नसक्ने भएर मैदान बाहिर गएका थिए । योसँगै ब्राजिललाई कोपा अमेरिकामा ठूलो धक्का पुगेको छ । नेयमारको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको चिकित्सकले बताएका छन् । ब्राजिलले मैत्रीपूर्ण खेलमा कतारलाई २–० ले हराएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *