Tue. Jul 7th, 2020

सरकारको दुई वर्ष : प्रतिनिधिसभा सदस्यको समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा प्रतिनिधिसभा सदस्यबीच गहन रुपमा भएको छ । 

सत्ता र प्रतिपक्षका सांसदहरु एकापसमा दुई वर्ष सरकारका कामकारबाही र संसदीय अभ्यासको उपलब्धिमा बहस थालेका छन् । संसद्को कार्यसूचीभन्दा बाहिर शुक्रबार प्रतिनिधिसभाका केही सांसदले पत्रकारलाई सरकारको उपलब्धिमा मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय सांसदले सरकारको दुई वर्ष उपलव्धिपूर्ण मानेका छन् भने कतिपयले निराशाजनक भएको प्रतिक्रिया दिए ।  

प्रधानमन्त्रीले शनिबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । यद्यपि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेकाले पूर्ण रूपमा सफल भएको बताएका छन् ।

वर्तमान सरकार गठनपछि विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पमा नजिता देखिन थालेको उनले बिहीबार मन्त्रायलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । 

संसद् बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारको दुई वर्षे कार्यकाल सफल भएको बताए । सबै चिजको परिणाम एकैपटक नआउने उल्लेख गर्दै उनले अहिलेसम्म गरेको प्रयास उपलब्धिपूर्ण मान्नुपर्नेमा जोड दिए ।

उनले भने, “विभिन्न बेथिति चिर्दै सरकारले असाधारण उपलब्धि हासिल गर्नेगरी अघि बढेको छ । इतिहासमा कसैले गर्न नसकेको काममा सरकारले पाइला सारेको छ, केही नजिता आउन थालेका छन्, केही आउने चरणमा छन् ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *