काठमाडौँ। पूर्व-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीको कोम्बोडियाको एक कम्पनिमा लगानी रहेको विषय थप पचिलो बनेको छ।
ओलीको कम्बोडियाको टेलिकममा लगानीबारे एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सार्वजनिक रुपमा बोलेपछि विषय छरफष्ट बनेको हो। तर, प्रसाईंले प्रहरी कहाँ पुगेर आफ्नो अभिव्यक्ति मिडियामा आएका समाचारसँग नजिक रहेको भन्दै माफिसमेत मागि सकेका छन्।
तर, यसअघि सन् २०२० को जुलाई १२ मा फ्रान्सेली पत्रकार रोल्याण्ड ज्याकार्डले ओलीको लगानीबारे खुलासा गरेका थिए। तत्कालिन समयमा ओलीले आफ्ना विरुद्ध देशी तथा विदेशी मिडिया लागि परेको आरोप लगाएर विषय अन्तै मोड्न सफल बनेका थिए। चुच्चे नक्सा छापेको आरिसमा मिडिया आफू विरुद्ध खनिएको ओलीको आरोप थियो।
फ्रान्सेली खोजमुलक पत्रिकाले बाहिर ल्याएको समाचारलाई आधार मानेर नेपाली मिडियाहरूले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए। ओली प्रधानमन्त्री हुँदा र हालै सम्पन्न चुनावको पर्यवेक्षकका रुपमा ओलीले कम्बोडियाको भ्रमण गरेका थिए। यो समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ।