अन्तिम मितिसम्म पनि एमडीएमएसमा दर्ता नभएका ८०४ आईफोन ब्लक

Modern technology has become a total phenomenon for civilization, the defining force of a new social order in which efficiency is no longer an option but a necessity imposed on all human activity.

Today Nepal

काठमाडौं । अन्ततः नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो ।

प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।


आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस तोकिएको समयभित्र दर्ता नभएकाले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

यी फोनमा दूरसञ्चार सेवा अर्थात् नेपाल टेलिकम वा एनसेलको सिम सपोर्ट हुनेछैन । यद्यपि प्रयोगकर्ताले वाई(फाई सेवा भने चलाउन सक्नेछन् ।


प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाई इन्ड तथा महँगा फोनहरूमा यो प्रणाली लागू हुने जानकारी दिएको छ ।

यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।

दर्ता गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ राजस्व कायम गरिएको छ । त्यस्तै अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ राजस्व भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिनेछ ।

ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्को प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएको छ ।

 

TAGGED: ,
SOURCES: MDMS
VIA: NTA
Share This Article
Leave a comment