सामाजिक सञ्जाल प्रयोगकर्ता माथि सरकारको निगरानी

Politics is the art of looking for trouble, finding it everywhere, diagnosing it incorrectly and applying the wrong remedies

Today Nepal

२३ कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न भन्दै नयाँ नियम ल्याएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० तयार गरेको थियो । जसलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण हुनुपर्ने, सामाजिक सञ्जाल प्लेटफार्म सञ्चालकको जिम्मेवारी, सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारीलगायतका विषय उल्लेख छ ।

TAGGED:
Share This Article
Leave a comment