निर्णायक घडी

Today Nepal
“निर्णायक घडी”
गर्भ मै हुँदा आमाले मातृभूमिको नाम दान गरिन,
जातिबोधक शब्द “थर” को साटो “मुक्ति” लेखिन ।।
जिम्मेवारी र बन्धन ले मार्ग अवरुद्ध नहोस् भनी,
आज सह-यात्रीले सबै बन्धन बाट मुक्त गरिन ।।
हेक्का रहोस् ,
आफु-आफु मै जुधेर – जुधाएर आखिर हात लाग्ने शून्य नै हो,
टिकरमबाजी र छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो, आमाको कसम लाग्ला
यो या त्यो बहानामा मुद्दाको रोटी सेक्ने र समय ब्यतित गर्ने, छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो, आमाको कसम लाग्ला
किन्तु – परन्तु – दायाँबायाँ – छलछाम वर्जित छ,
मुक्ति पथमा निरन्तर अगाडि बढ्दै, निर्णायक घडी आएको छ ।।
स्वाधीनता – स्वाभिमान – समानताका लागि सदैब अडिग रहने,
सनातनी हुँ, वैदिक सनातन राज्य-सत्ता स्थापना नभएसम्म कहाँ विश्राम लिन्छु र ।।
धार्मिक हुँ, धर्म कै कुरा गर्छु !
अधर्मी – विधर्मी लाई कहाँ बक्सन्छु र ।।
धर्म भनेकै सत्य हो, असत्यको पछि कहाँ लम्किन्छु र !
सापेक्षतावादी हुँ, निरपेक्षता लाई कहाँ प्राश्रय दिन्छु र ।।
हिजो – आज – भोलि एक मात्र लक्ष्य हो,
“सम्पूर्ण क्रान्तिको माध्यमले पूर्ण मुक्ति र जनतन्त्र स्थापना !”
“वैदिक सनातन हिन्दु अधिराज्य नेपाल आमाको जय – १७५००००००८ ।।”
डा. मनोज कुमार झा
(डा. मनोज मुक्ति “विवेक”)
मिति :- २०८०/०७/२९ गते बुधबार, शुभम ।।
Share This Article
Leave a comment