बल्खुको प्रदर्शनपछि प्रसाईंले भने– एउटा दुर्गा प्रसाईंले गणतन्त्र हल्लायो

Today Nepal

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं ले आफू एक्लैले गणतन्त्र हल्लाएको दाबी गरेका छन् ।
बिहीबार बल्खुको प्रदर्शनपछि निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलहरु एकातिर र अर्कोतिर एक्लै हुँदा पनि आफूले गणतन्त्र हल्लाएको दाबी गरेका हुन् ।
‘महेश बस्नेत केटाकेटीको कुरा नै नगर्नु । अहिले मिटिङ बस्दैछ्,’ उनले भने, ‘एकातिर सबै संसदीय दल, अर्कातिर एउटा दुर्गा प्रसाई, हल्लियो होइन गणतन्त्र ? कि हल्लेको देख्नुभएन अहिले पनि ?’ आफूलाई मोसो दलेर एमाले नेता जिन्दाबाद भन्ने कार्यकर्ताले गण्तन्त्रविरोधी फरक धारको शक्ति बल्ल देखेको उनले दाबी गरे ।
गणतान्त्रिक व्यवस्थाको आलोचना गरेका उनले सबै मिलेर मुलुक बचाउनुपर्ने बताए । ‘तस्कर भ्रष्टाचारीलाई लखेटौं । यो समय दुर्गा प्रसाईंको हा,’ उनले भने ।
‘सबै झण्डा त्याग गरेर नेपाली झण्डा मुनि आउनु । म हजुरबुबालाई पनि भन्छु, बुद्धि छ भने अहिले पनि आउनु, प्रधानमन्त्रीलाई पनि म आउनुस् । शेरबहादुर दाईलाई पनि भन्छु आउनु, गगन, विश्वप्रकाश, रवी लामिछाने, ज्ञानेन्द्र शाही सबैलाई बोलाउँछ । आउनुस्,’ उनले भने, ‘नेपालको झण्डा बोकेर गरिबी, तस्कर र भ्रष्टाचारीसँग सब एक भएर लड्न आउनु भनेर सम्पूर्णलाई म आह्वान गर्छु ।’
उनले आफ्नो आन्दोलन निरन्तर रहने बताए । ‘यो व्यवस्था परिवर्तन भएको दिन गरिबहरुको ऋण मिनाहा हुन्छ, यो देशको अर्को शंखधर साख्वा हो यो दुर्गा प्रसाईं,’ उनले भने ।

Share This Article
Leave a comment