राजा ज्ञानेन्द्र शाहले भने, ‘छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्’

The real test is not whether you avoid this failure, because you won’t. It’s whether you let it harden or shame you into inaction, or whether you learn from it; whether you choose to persevere.

Today Nepal

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले यस्तो बताएका हुन् । 

उनले व्यङ्ग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे । उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिए । उनले यसअघि अपराह्न पौने चार बजेबाट आम सर्वसाधारणलाई दसैँको टिका लगाइदिएका थिए । 

TAGGED:
SOURCES: Nirmal Niwas
Share This Article
Leave a comment