काठमाडौं । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० टुल बार्डमा नयाँ फिचरहरू उपलब्ध गराएको छ । बिहीबार बार्डको नयाँ अपडेट सार्वजनिक गर्दै कम्पनीले विभिन्न ४० भाषामा कुरा गर्न सकिने फिचरसँगै अन्य सुविधा थप गरेको हो ।
कम्पनीले हिन्दी, स्पेनिस, चाइनिज, कोरियन, फ्रेन्च लगायतका भाषा थपेको छ । यसको अर्थ यी भाषा बुझ्ने प्रयोगकर्ताले त्यही भाषामा बार्डसँग कुरा गर्न सक्छन् । गुगलले बार्डमा नेपाली भाषा भने समावेश गरेको छैन । नेपाली भाषामा कुनै प्रश्नहरू सोधे त्यसको जवाफ हिन्दी भाषामै आउँछ ।
त्यसबाहेक गुगलले बार्ड विश्वका प्रायः सबै देशमा उपलब्ध गराइसकेको उल्लेख गरेको छ । यसअघि बार्ड ब्राजिल लगायत युरोपका केही देशमा उपलब्ध थिएन ।
“प्रयोगकर्ताको रचनात्मक क्षमता अभिवृद्धि गर्न हामीले विशेष फिचरहरू समावेश गरेका छौँ,” कम्पनीको ब्लगमा लेखिएको छ ।