मामला अध्यन(case study) चित्लाङ-थानकोट सडक

Today Nepal

काठमाडौं – २०८०/१०-०२ प्रमोद लामिछाने

राज्य कती अन्धो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो चित्लाङ- थानकोट सडक नेपालको एतिहासिक सडक अहिले पनि जिर्ण अबस्थामा रहेर सवारी दुर्घटनामा धेरै सर्ब साधारण जनताको ज्यान जादा पनि राज्य मौन छ! हेर्नुस यसको नालीबेली!के बिकाश गर्नको लागी त्यो क्षेत्रमा केन्द्रिय तह कै नेता हुन पर्ने हो?वा अर्थ मन्त्री कै क्षेत्र पर्नु पर्ने हो?वा प्रधानमन्त्री कै आदेस चाहिने हो?नत्र काठमाडौ संगै जोडिएको यो वाटोको हालत सधै किन यस्तो छ?

“मामला अध्यन(case study) चित्लाङ-थानकोट सडक”

(आज भन्दा झन्डै १२७बर्ष अगाडी नै श्री३महाराज वीर शम्सेर जबरा ले आफू चढने गाडी भिमफेदी- चित्लाङ हुँदै काठमाडौ बोकाएर ल्याए! तर अहिले पनि सो गाडी बोकेको बाटो गाडी चल्न मुस्किल छ)

*पौराणिक पात्र पन्च पान्डव मध्य को माहिलो भाइ भिमसेन हिडेको बाटो(पौराणिक कथन अनुसार)
*सम्राट अशोक हिडेको बाटो!
* पृथ्वीनारायण शाहले काठमाडौ आक्रमण गर्नु अघि चन्द्रागिरि मा गएर योजना बनाएको बाटो!
*दामोदर पान्डे काटिनु अघि पक्राउ परेको ठाउँको बाटो
*भारत बाट बिरगंज,भिमफेदी चित्लाङ हुँदै नेपालमा पहिलो पटक टेलिफोनको तार टाँगेर काठमाडौ सम्म ल्याइएको बाटो!
* मान्छे ले नै गाडी बोकेर ल्याएको बाटो!
*राणा शासनको बिरोध गरे बापत बिपि लाई हत्कडी लगाएर हिडाएको बाटो
*राणा शासन को बिरोध गरेबापत नै गणेशमान लाई कोक्रोमा राखेर ल्याएको बाटो!
*राणा शासनको बिरोध गरेबापत टन्क प्रसाद आचार्य,रामहरि शर्मा हरु लाई चार पाटा मुडेर देश निकाला गर्दा हिडाइएको बाटो!
*राणा शासन को बिरोध गर्दा काठमाडौमा बस्न नसकी भारत तर्फ भाग्दा पुस्पलालले प्रयोग गरेको बाटो!
*लक्ष्मी प्रसाद देबकोटाको चर्चित कविता “यात्री” लेखेको बाटो!
*पन्चायत कालमा काठमाडौ नजिकको गाउमा गएर धेरै कम्युनिस्ट नेताहरु ले सेल्टर लिनको लागि पैदल हिडेको बाटो!

२२किमि सडक,३०बर्ष(२०४८) देखि निरन्तर निर्माण कार्य भइरहेको,झन्डै ५५±करोड जति खर्च तर अहिले पनि मुस्किल ले सवारी साधन आवत जावत भइरहेको!यो चित्लाङ थानकोट सडक एक एतिहासिक बाटो पनि हो!

२०११साल मा त्रिभुवन राजपथ बन्नु अगाडि देशको राजधानी काठमाडौलाई तराइ अनि अन्य देश संग जोडने एउटा जिवन्त बाटो!जुन बाटो पौराणिक कालमा पन्च पान्डवका एक भाइ मध्य भिमसेन समेत तराइ तिर बाट भिमफेदि,चित्लाङको बाटो हुँदै काठमाडौ आएको थिए भन्ने एउटा पौराणिक कथन छ!उनी जुन ठाउँमा बास बसेका थिए! त्यो ठाँउ लाई भिमफेदी भनियो !सो ठाउँमा अहिले पनि उनको मन्दिर छ!त्यसैगरी उनको अर्को बास चित्लाङ मा भएको थियो भनिन्छ !त्यहाँ पनि उनको मन्दिर छ!उनी अर्को बास सोही बाटो हुँदै काठमाडौ आएको र काठमाडौ को टंकेस्वर नजिक बिस्णुमती नदि को किनार मा बास बसेको ले अहिले पनि सो ठाँउलाई भिमसेनस्थान भनिन्छ!त्यहाँ पनि उनको मन्दिर छ!

त्यसैगरी परापुर्व कालमै सम्राट अशोक पनि बुद्ध धर्म प्रचार गर्न भारत बाट सोही चित्लाङ को बाटो हुँदै काठमाडौ आएका थिए!उनले चित्लाङ मा एउटा चैत्य बनाए!जुन आज पर्यन्त प्रमाण को रुपमा रहेको छ!

त्यस्तै रणबहादुर शाह स्वामी महाराज बनि बेतिया गएर बस्दा पनि यहि बाटो हुँदै गएका थिए!नेपालि इतिहास को चर्चित कान्डहरु कोत पर्व,औलो पर्व,भण्डार खाल पर्वहरु भए पछि धेरै भाइ भारदार हरु यहि बाटो हुँदै भारत पलाएन भएका थिए!नेपाल का शाह वंसिय राजा हरु पृथ्वीनारायण,प्रताप शिह ,रणबहादुर,राजेन्द्र,शुरेन्द्र,पृथ्वी वीर बिक्रम,त्रिभुवन,महेन्द्र,बिरेन्द्र,ज्ञानेन्द्र,दिपेन्द्र,त्यस्तै नेपाल का मुख्तियार अनि प्रधानमन्त्रीहरु, दामोदर पान्डे,भिमसेन थापा,रण जंग पान्डे,रंगनाथ पौडेल,पुष्कर शाह,फत्ते जंग शाह,माथबर शिह थापा,जङ्ग बहादुर,बम बहादुर,रणोद्दिप शिह,वीर शम्सेर,देव शम्सेर,चन्द्र शम्सेर,भिम शम्सेर,जुद्द शम्सेर,पद्द्म शम्सेर,मोहन सम्सेर,मातृका,टन्क प्रसाद,के आइ सिह,बिशेस्वर,तुलसी गिरि सुर्य बहादुर थापा,किर्तिनिधी,नागेन्द्र प्रसाद रिजाल,कृष्ण प्रसाद भट्टराई,गिरिजा,मनमोहन लगाएत का हरु पैदल हिडेको बाटो,अनि सडकमा गुडाउने गाडी नै मान्छे ले बोकेर ल्याएको बाटो!जुन सायद सन्सार मा कहि पनि छैन होला! गणेशमान,पुस्पलाल,शुबर्ण शम्सेर जस्ता हस्तीहरु हिडेको बाटो!त्यस बखत का नेपाल का राजा, महाराजा,रानी,महारानी,युवराज,राजकुमार,प्रधानमन्त्री ,भाइ भारदार,काजी सरदार,मन्त्री देखि सन्त्री सम्म सबै यहि बाटो पैदल सवारी,डोलि सवारी,हात्ती सवारी,घोड सवारी गरेर आफ्नो यात्रा तय गर्ने गर्दथे!राज्य को उपल्लो तहमा रहेका हरु पैदल हिडेर ओहोर दोहोर गर्ने गरेको यस्तो बाटो नेपाल मा अन्य कुनै ठाउँमा छैन!

तर बिडम्बना यस्तो एतिहासिकता बोकेको बाटो आज राज्य को उपेक्षा को सिकार भएको छ!प्रत्येक चुनाब मा त्यस भेगका नेताहरु को चुनावी नारा हुने यो बाटो कहिले जनता हरु को स्व स्फुर्त जन श्रमदान बाट,कुनै समय स्थानीय बिकास मन्त्रालय,कुनै बखत जिल्ला बिकाश समिती, कहिले उपभोक्ता समिती को नाममा कहिले भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत को सडक बिभागले जिम्मा लिएर निर्माण कार्य गरिरहेको छ!यो बाटो सम्पन्न गर्न को लागि भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत को सडक बिभाग ले “चित्लाङ-थानकोट सडक योजना” गठन गरेर निर्माण कार्य अघि बढाए पनि अहिले सडक बिभाग ले एकतर्फी रुपमा सो योजना खारेज गरेर सडक डिभिजन कार्यालय काठमाडौ को मातहत हुने गरि सडक जिम्मा लगाएको छ!यसले गर्दा यो बाटो समयमा सम्पन्न हुन्छ भन्ने मा शंका उत्पन्न भएको छ!नेपाल को राजनीति परिबेस हेर्ने हो भने जुन भेगको नेता शक्तिशाली छ!केन्द्रमा उसको पहुच छ!त्यो ठाउँमा धेरै बिकास भएको छ!यो बाटो समय मै सम्पन्न नहुनु मा पनि यस भेगको नेताहरु को पहुच केन्द्र सम्म नहुनु नै हो भन्ने मा अतिसय नहोला!देशका गरिब जनता ले गाँस काटेर तिरेको कर बाट निर्माण भइरहेको बाटोमा राज्य ले लगानी गरे पनि बालुवामा पानी हाले जस्तो भएको छ!३०औ बर्ष देखि लगातार निर्माण भइरहेको अनि करोडौं रकम खर्च हुँदा पनि अहिले सम्म यो बाटो अधुरो र अपुरो रहिरहनु लज्जा को बिषय हो!

राज्यले निर्माण गर्नु पर्ने बाटो योजना बनाएर निर्माण कार्य गर्दा पनि संबंधित निकायले हेलचेक्र्याइ अनि नजर अन्दाज गरिदिदा आज सो सडक मा त्यहाँ को स्थानीयहरु नै बाटो निर्माण कार्य सम्पन्न गर्न को लागि खटिन बाध्य भएका छ्न! जसको कारण ती जनता हरु पनि विभिन्न समुहमा रहेर यो बाटो बनाएको जस कसले लिने??भन्ने होडबाजी मा छन!जसले गर्दा अहिले त्याहा सामाजिक द्वन्दको अबस्था श्रीजना भएको छ!यो बाटो एउटा प्रतिनिधि घटना हो!देशै भरी हाम्रा योजनाहरु को अवस्था अहिले यस्तै नै छ!

यो एतिहासिक बाटो निर्माण सम्पन्न गर्न को लागि भौतिक पुर्वाधार मन्त्रालयका सचीव Keshab Kumar Sharma , सडक बिभाग का महानिर्देशक sushil babu Dhakal ज्यु लाई विशेष पहलकदमी लिएर इतिहास रच्न समेत अनुरोध गर्दछु! साथै इन्जिनियर,प्रा.डा. Rajendra Prasad Adhikari सर लाई यो बिषय मा एतिहासिक तथ्य सहित बृस्तित अध्यन गरिदिनु हुन पनि अनुरोध गर्दछु!

Share This Article
Leave a comment