काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम ९एमडीएमएस० को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन सोमबार पश्चात बन्द गर्ने समाचार प्रकाशन भएपछि ट्राफिक धान्न नसकेर वेबसाइट डाउन भएको हो ।
प्राधिकरणले सो प्रणालीमा फोन दर्ता गर्न दिएको अन्तिम मिति आज सोमवार समाप्त हुँदैछ । यस्तोमा अधिकांश प्रयोगकर्ताले एकसाथ दर्ता गर्न खोज्दा साइट डाउन भएको प्राधिकरणका सह(प्रवक्ता अच्युतानन्द मिश्रले बताए ।
ूधेरै सेवाग्राहीले आफ्नो फोन दर्ता गर्न खोज्नु भएको होला । त्यसैले ट्राफिक बढी भएर साइट डाउन भएको हो,ू मिश्रले भने, ूत्यसको समाधान के हुन सक्छ हामी बुझ्दै छौं ।ू
हाल ब्राउजरमा https://mdms.nta.gov.np/ सर्च गर्दा ुदिस साइट क्यान नट बी रिच्डु भन्ने सूचना देख्न सकिन्छ ।